आफ्नै श्रीमतीको हत्या गर्ने प्रविण र पवन पक्राउ

काठमाडौंः आफ्नै श्रीमती ३० वर्षीया अस्मिता चौधरीको हत्याको अभियोगमा बूढानीलकण्ठ नगरपालिका- १० बस्ने सिरहा लाहान नगरपालिका- ७ घर भएका ४२ वर्षीय प्रविण चौधरी पक्राउ परेका छन्। उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
उनले आफ्नै श्रीमतीलाई सुतिरहेको अवस्थामा शरीरमा तारपिन नामक तेल खन्याई आगो लगाई घाइते बनाएको अवस्थामा स्थानीयहरूले फेला पारेका थिए। घाइतेलाई उपचारको लागि सुस्मा कोइराला मेमोरियल अस्पताल साँखु लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो। लगत्तै खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
त्यस्तै मकवानपुरमा आफ्नै श्रीमती २८ वर्षीया दीया शर्माको हत्या गरेको अभियोगमा बकैया गाउँपालिका-५ तीन तले बस्ने भारत मध्यप्रदेश भुपाल घर भएका ३० वर्षीय पवन सोनीलाई आइतबर राति प्रहरीले पक्राउ गरेको छ। पवनले घरायसी विवादको कारण सुत्ने कोठामा घाँटी थिची हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फापरबारी र अस्थाई प्रहरी पोष्ट गरगरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
वैशाख १२, २०७९ सोमबार १४:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।