पोखरा महानगरको टिकट पाएपछि प्रदेश सांसदबाट राजीनामा दिए थापाले

पोखरा महानगरको टिकट पाएपछि प्रदेश सांसदबाट राजीनामा दिए थापाले

पोखराः गण्डकी प्रदेशका सांसद कृष्ण थापाले प्रदेश सभा सदस्यबाट राजीनामा दिएका छन्। पोखरा महानगरपालिकाको मेयर पदमा एमालेबाट टिकट पाएपछि थापाले सांसद पदबाट राजीनामा दिएका हुन्।

सोमबार गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीसमक्ष उनले राजीनामा पत्र बुझाएका छन्। उनी २०७४ को चुनावमा कास्की २ (क) बाट निर्वाचित भएका थिए।

यसअघि २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर बनेर काम गरिसकेका छन् उनले।

एमालेले पोखराको मयरमा दीपक पौडेललाई उम्मेदवार बनाए पनि पौडेलले औंठी चोरेको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि टिकट खोसेर थापालाई उम्मेदवार बनाइएको हो।

थापाले पोखराको मेयर हुँदा आफूले बनाएका योजनालाई मुर्तरूप दिएर महानगरलाई समृद्ध बनाउन आफूले उम्मेदवारी दिन लागेको बताएका छन्।

उनले केही बेरमै मनोनयन दर्ता गराउँदैछन्। 

वैशाख १२, २०७९ सोमबार १३:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।