एमालेले पोखरा महानगरका ३३ वटै वडा अध्यक्षको नाम टुङ्गो लगायो

एमालेले पोखरा महानगरका ३३ वटै वडा अध्यक्षको नाम टुङ्गो लगायो

पोखराः नेकपा एमालेले पोखरा महानगरपालिकाका ३३ वटै वडाका वडा अध्यहरूका उम्मेदवारको नाम टुङ्गो लगाएको छ। महानगरका वडा अध्यक्षका उमेदवारहरूको नाम प्रदेश कमिटीले टुङ्गो लगाएको एमालेका पोखरा महानगर कमिटीका अध्यक्ष दिलीप न्यौपानेले बताए।

अध्यक्ष न्यौपानेका अनुसार पोखरा महानगरपालिका वडा नं १ मा सहारा प्रधान, २ मा दीपक शाह, ३ मा विष्णुशंकर ख्वाजु, ४ मा मदन मुल्मी, ५ मा विष्णु बराल, ६ मा विष्णु भट्टराई, ७ मा किशोर बराल, ८ मा रुद्रनाथ बराल, ९ मा प्रेम गुरुङ, १० मा पवित्रादेवी गुरुङलाई उम्मेदवार बनाइएको छ।

त्यसैगरी वडा नम्बर ११ मा मीनबहादुर गुरुङ, १२ मा देशभक्त केसी, १३ मा वसन्त बराल, १४ मा ढोलबहादुर गुरुङ, १५ मा तोरण बानियाँ, १६ मा राजेश गुरुङ, १७ मा राधिका शाही योगी, १८ मा पुस्कलबहादुर थापा, १९ मा इमानराज पौडेल, २० मा गंगाबहादुर केसी, २१ मा दीपक सुवेदी, २२ मा प्रकाश गुरुङ, २३ मा शिवलाल पराजुली, २४ मा रामचन्द्र थापालाई उम्मेदवार बनाइएको छ।

त्यस्तै वडा नम्बर २५ मा तीर्थबहादुर थापा, २६ मा सूर्य भण्डारी, २७ मा सूर्यमणि लामिछाने, २८ मा बैनबहादुर गुरुङ, २९ मा श्रीप्रसाद गुरुङ, ३० मा सोमनाथ बाँस्तोला, ३१ मा चिरञ्जीवी बञ्जारा, ३२ मा खेम पुन र ३३ मा शिवप्रसाद आचार्य उम्मेदवार बनेका छन्।

वैशाख १२, २०७९ सोमबार ११:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।