पुरानो भिडियो भाइरल बन्दा पोखरा महानगरको मेयर टिकट खोसियो

काठमाडौँ : सुन चोरीको भिडियो भाइरल भएपछि एमालेले पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार बदलेको छ। शनिवार निर्णय गरेका दीपक पौडेलले सुन चोरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सोमबार कृष्ण थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
पोखरा महानगरपालिकाको उम्मेदवारबारे एमाले नेता खगराज अधिकारी र पृथ्वी सुब्बा गुरुङबिच आफू निकटलाई टिकट दिलाउन प्रतिस्पर्धा थियो।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जाल ट्विटर मार्फत पोखराको उम्मेदवार बदलिएको पुष्टि गरे। थापा यस अगाडि २०५४ मा पोखरा नगरको नेतृत्व गरेका थिए।
पोखरा महानगरमा उपमेयरमा पनि विवाद छ। मेयर आकाङ्क्षी मञ्जु गुरुङलाई उपमेयरको टिकट दिए पनि उनले अस्वीकार गरेकी थिइन्। उनी राष्ट्रपति बिद्या भण्डारिकी आफन्त समेत हुन्।
वैशाख १२, २०७९ सोमबार १०:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।