नवलपरासीमा जीप दुर्घटना हुँदा १५ जना घाइते, कपिलवस्तुमा जीपकै ठक्करबाट बालिकाको मृत्यु

नवलपरासीमा जीप दुर्घटना हुँदा १५ जना घाइते, कपिलवस्तुमा जीपकै ठक्करबाट बालिकाको मृत्यु

काठमाडौंः नवलपरासीको बर्दघाट सुस्तापूर्व हुप्सेकोट गाँउपालिका- ५ बसेनिमा हिजो जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये जीपमा सवार हुप्सेकोट गाँउपालिका- ५ का ९ वर्षीय धनबहादुर रजाली गम्भीर घाइते भएका छन्।

उनलाई उपचारको लागि भरतपुर पठाइएको छ। बाँकी घाइतेहरूको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ। हिजो बेलुकी साढे ७ बजे लु१ज २०६३ नम्बरको जीप सडकबाट अन्दाजी १५ मिटर तल खसेको प्रहरी चौकी हुप्सेकोटले जानकारी दिएको छ।

यस्तै कपिलवस्तुको बुद्धभुमी नगरपालिका- ९ ईमिलियामा हिजो बेलुकी जीपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय शान्ति परियारकी ६ वर्षीया छोरी एल्बिना परियार रहेकी छिन्।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा तौलिहवास्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो। हिजो बेलुकी साढे ८ बजे पैदल हिँडिरहेकी उनलाई लु३च ३०८९ नम्बरको जीपले ठक्कर दिएको थियो।

जीपसहित चालकलाई ईलाका प्रहरी कार्यालय गोरुसिंगेले नियन्त्रणमा लिएको छ। 

वैशाख १२, २०७९ सोमबार ०९:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।