मध्यपुरथिमिमा गोदाममा भीषण आगलागी, ६ करोड बराबरको क्षति भएको अनुमान

काठमाडौंः गए राति मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा भीषण आगलागी भएको छ। स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा आगलागी हुँदा करोडौंको सामान जलेर नष्ट भएको छ।
आगलागी हाल नियन्त्रणमा आइसकेको छ। जुद्ध बारुणयन्त्र भक्तपुर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहान मात्रै आगो नियन्त्रणमा लिएको हो।
आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन।
अधिकांश केमिकल, मेसिनरी सामानलगायत जल्दा प्रारम्भिक अनुसन्धनमा करिब ६ करोड बराबरको क्षति भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए।
वैशाख १२, २०७९ सोमबार ०९:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।