जलवायु संकटको असर: हिमाली क्षेत्रका मौरीको आकार घट्दै

एजेन्सीः जलवायु संकटका कारण हिमाली क्षेत्रका मौरीको आकार घट्ने एक अध्ययनले देखाएको छ। यसले साना आकार भएका मौरीको संख्या अझै बढ्न सक्ने बताइएको छ।
अमेरिकी वैज्ञानिकहरूले गरेको नयाँ अध्ययनले हिमाली क्षेत्रमा पाइने ठूलो शरीर भएको मौरीको वास्तविक आकार घट्ने र तिनको विशेषतामा समेत कमी आउने देखिएको छ। यसले विरुवाको परागसेचनमा र समग्र पारिस्थितिक प्रणालीमा समेत असर पार्ने अध्ययनले इङ्गित गरेको छ।
उक्त अध्ययन प्रतिवेदन अमेरिकी वैज्ञानिकहरूले २० हजारभन्दा बढी मौरीलाई रकी पर्वत क्षेत्रमा राखेर करिब ८ वर्ष लामो अध्ययनछि गत बुधबार सार्वजनिक गरेका हुन्। हरेक वर्ष देखापर्ने मौसमी अवस्थाअनुसार मौरीमा देखा परेको भिन्नतापछि वैज्ञानिकहरूले सो निश्कर्ष निकालेका हुन्।
वैशाख १२, २०७९ सोमबार ०८:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।