प्रदेश १ र गण्डकीमा आज चट्याङसहित वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशको पहाडी भूभागमा स्थानीय वायुको प्रभाव रहेको कारण वर्षाको सम्भावना रहेको हो।
यतिबेला प्रदेश १ मा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति पनि यही मौसम प्रणाली रहनेछ।
वैशाख १२, २०७९ सोमबार ०७:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।