स्थानीय तह निर्वाचन: मनोनयन दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौंः आसन्न स्थानीय तह निर्वाचनको लागि उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने आज अन्तिम दिन रहेको छ। उम्मेदवारहरूले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई आज साँझ ५ बजेभित्रमा मनोनयन दर्ता गर्नसक्नेछन्।
मनोनयन दर्ता प्रक्रिया बिहान १० बजेबाट सुरु हुनेछ।
यता काठमाडौं महानगरको मेयर पदका लागि हिजो पहिलो दिन प्रमुख दलको उम्मेदवारी दर्ता भएन। मेयरमा १६ जना र उपमेयरमा १७ जनाको उम्मेदवारी परे पनि ती साना दल र स्वतन्त्र उम्मेदवार हुन्।
काठमाडौंको मेयरका लागि स्वतन्त्र उम्मेदवारको रूपमा बालेन शाह, विवेकशील साझाबाट समीक्षा बाँस्कोटा लगायतले मनोनयन दर्ता गराएका छन्।
आज एमालेसहित गठबन्धनका उम्मेदवारहरूले मनोनयन दर्ता गराउँदैछन्।
वैशाख १२, २०७९ सोमबार ०७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।