गोरखा भूकम्पको सात वर्ष पूरा

गोरखा भूकम्पको सात वर्ष पूरा

काठमाडौंः २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको सात वर्ष पूरा भएको छ। यसै सन्दर्भमा आज गोरखा भूकम्पको सातौँ स्मृति दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। 

मध्याह्न ११ः५६ मा गएको ७.६ म्याग्निच्युडको भूकम्पले केन्द्रविन्दुको जिल्ला गोरखासहित काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो।

१४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो। भूकम्पमा परी करिब नौ हजार मानिसको ज्यान गएको थियो।

भूकम्पका कारण अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो। यस्तै करिब एक हजार ५०० सांस्कृतिक सम्पदामा क्षति भएको थियो।

वैशाख १२, २०७९ सोमबार ०७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।