नाच्दानाच्दै सोनिका स्टेज छाडेर हिँडेपछि...

काठमाडौँ : प्राय कन्ट्रोभर्सीमा आइरहने मोडल सोनिका रोकाया अहिले डान्सिङ सम्बन्धी रियालिटी शो डान्सिङ विथ स्टार्समा सहभागी छिन्। कार्यक्रममा धमाका गर्दै आएकी हुन् यो पाली भने टुटिन् मञ्चमै।
डान्स गर्दागर्दै बिचैमा हिडिदिईन्। ब्याक स्टेजमा बसिन्। जज र सहभागीले पानी खुवाएर बल्ल बल्ल स्टेजमा फर्किइन् उनी। मायालु तिमी कता छौँ बोलको गीतमा डान्स गरिन्।
डान्स सकिएपछि उनी बोल्दाबोल्दै स्टेजमै रुन थालिन्। म रातो सारिमा छु। मेरो बहिनी रियल लाइफमै सेतो सारिमा छ भन्दै भक्कानिएपछि बल्ल यो सबै के भएको हो भन्ने खुल्यो। उनले भनिन्' ज्वाईँसाप रेष्ट इन पिस' अनी रुँदै मन्चबाट हिँडिन।
वैशाख १२, २०७९ सोमबार ००:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।