बुद्ध एयरको विमानभित्र फेला पर्यो १० हजार अमेरिकी डलर

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजभित्र १० हजार ८ सय अमेरिकी डलर फेला परेको छ। विमानस्थलको आन्तरिक उडानको पार्किङमा रहेको विमानभित्र बेवारिसे अवस्थामा छालाको ब्याक फेला परेको थियो। ब्यागभित्र १० हजार ८ सय अमेरिकी डलर फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
प्रहरीका अनुसार शनिवार बेलुका भद्रपुरबाट काठमाडौँ आएको बुद्धको विमानमा छालाको ह्याण्ड ब्याग फेला परेको हो। प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको डलर राजस्व अनुसन्धान विभाग हरिहर भवनमा बुझाएको जानकारी दिएको छ।
वैशाख ११, २०७९ आइतबार १७:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।