कांग्रेसको संकल्पपत्र सार्वजनिक: स्वागतद्वार र भ्यू टावरमा लगानी नगर्ने प्रतिज्ञा [पूर्णपाठसहित]

कांग्रेसको संकल्पपत्र सार्वजनिक: स्वागतद्वार र भ्यू टावरमा लगानी नगर्ने प्रतिज्ञा [पूर्णपाठसहित]

काठमाडौंः नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि संकल्पपत्र सार्वजनिक गरेको छ। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमका बीच संकल्पपत्र सार्वजनिक गरिएको हो।

पार्टीको निर्वाचन घोषणापत्रको रूपमा सार्वजनिक गरिएको संकल्पपत्रमा भ्यूटावर र स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने प्रतिज्ञा गरिएको छ।

यस्तै नातेदार तथा परिवारका सदस्यलाई विज्ञ तथा सल्लाहकारको रूपमा वा कर्मचारीको रूपमा समेत नियुक्त नगरिने प्रतिज्ञा संकल्पपत्रमा गरिएको छ।

विगतको राजनीतिक घटनाक्रमको समीक्षा गर्दै संकल्पपत्रमा संसद्को यस कार्यकालमा कांग्रेसको प्राथमिकता सरकारमा सहभागी हुनु नभएको उल्लेख गरिएको छ। तर संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ हाल गठबन्धनमा आबद्ध दलहरूले प्रस्ताव गरेपछि सरकारको जिम्मेवारी वहन गरिएको स्पष्टीकरण दिइएको छ।

संकल्पपत्रमा स्थानीय सरकारको समीक्षा समेत गरिएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमार्फत् २७१ स्थानीय सरकारको नेतृत्त्व गरेको कांग्रेसले यो कार्यकालबाट अनुभव र सिकाइ हासिल गरेको उल्लेख गरिएको छ।

कांग्रेसले अबको पाँच वर्षको स्थानीय सरकारको मार्गचित्र समेत निर्माण गर्दै नागरिकको स्वतन्त्रता र सम्मान, असल शासन र जवाफदेहिता, सहज र प्रभावकारी सेवा प्रवाह जस्ता नीति अघि सारेको छ।

यस्तो छ संकल्पपत्रको पूर्णपाठ

वैशाख ११, २०७९ आइतबार १४:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।