चितवनको भरतपुर र माडीमा एमाले-राप्रपा गठबन्धन

चितवन: एमालेले चितवनको भरतपुर र माडीको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग तालमेल गर्ने भएको छ। एमालेले माडीको मेयरमा ताराकाजीकुमारी महतो र भरतपुरको मेयरमा विजय सुवेदीको नाम टुंग्याएको छ।
तर यी दुवै नगरमा उपमेयर भने टुंग्याएको छैन। जिल्लाका अन्य पालिकामा भने एमाले एक्लै निर्वाचनमा सहभागी हुने भएको छ।
एमालेले राप्ती नगरपालिकाको मेयरमा गोविन्द कँडेल र उपमेयरमा मेनका पाठक उम्मेदवार बनाउने भएको छ। खैरहनीमा यसअघिकै मेयर लालमणि चौधरी दोहोरिने भएका छन् भने उपमेयरमा कविता उप्रेती उम्मेदवार हुनेछिन्।
रत्ननगरको मेयरमा विमला दुवाडी र उपमेयरमा यादव पाठक, कालिकाको मेयरमा विनोद रेग्मी र उपमेयरमा विमला लामाले टिकट पाएका छन्।
यसैगरी इच्छाकामनाको प्रमुखमा दानबहादुर गुरुङ र उपप्रमुखमा माया सिलवालले टिकट पाएका छन्।
वैशाख ११, २०७९ आइतबार १३:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।