नाइजेरियाको तेल प्रशोधन केन्द्रमा विस्फोट हुँदा एक सयभन्दा बढीको मृत्यु

एजेन्सीः नाइजेरियाको दक्षिण प्रान्त इमोमा रहेको एक तेल प्रशोधन केन्द्रमा भएको विस्फोटमा परी एक सय जनाभन्दा बढीको ज्यान गएको छ। नाइजेरियाका अधिकारीहरूका अनुसार सो तेल प्रशोधन केन्द्र दर्ता नै नभई अवैध रूपमा सञ्चालन हुँदै आएको थियो।
इमो प्रान्तका प्रहरी प्रमुखका अनुसार प्रशोधन केन्द्रमा शुक्रबार अबेर राति विस्फोट भएको थियो। उक्त प्रशोधन केन्द्रमा काम गरिरहेका बखत अकस्मात आगलागी भएको र लगत्तै विस्फोट भएको थियो। विस्फोटमा परी थुप्रै घाइते समेत भएका छन्।
हाल सो क्षेत्रमा प्रहरीको नियन्त्रण रहेको छ। अनुसन्धान समेत जारी राखेको बताइएको छ।
अवैध रूपमा सञ्चालन गरिएको सो तेल प्रशोधन केन्द्रमा आवश्यक सुरक्षा मापदण्ड पनि नअपनाइएकाले दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
वैशाख ११, २०७९ आइतबार १३:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।