माओवादीको भागमा पालिका परेपछि कांग्रेस तिनाउका सबै पदाधिकारीले दिए पार्टीबाट राजीनामा

माओवादीको भागमा पालिका परेपछि कांग्रेस तिनाउका सबै पदाधिकारीले दिए पार्टीबाट राजीनामा

बुटवलः नेपाली कांग्रेस पाल्पाको तिनाउ गाउँपालिकाका सबै पदाधिकारीले पार्टीबाट राजीनामा दिएका छन्। पार्टीले गठबन्धनका नाममा लोकतान्त्रिक विधि मिचेको भन्दै गाउँपालिका सभापति प्रेम पाण्डेसहित सबै वडा सदस्यहरूले शनिबार राजीनामा दिएका हुन्।

पाल्पामा गठबन्धनबीचको सहमतिअनुसार तिनाउ माओवादी केन्द्रको भागमा परेको छ। त्यस कारण उनीहरू असन्तुष्ट भएका हुन्।

सभापति पाण्डेले कसैको दासत्व स्वीकार गर्न नसकिने भन्दै राजीनामा दिएको बताए।

वैशाख ११, २०७९ आइतबार १२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।