झापामा टुङ्गियो एमालको उम्मेदवार, तीन पालिकाको प्रमुखमा महिला अघि सरे

झापामा टुङ्गियो एमालको उम्मेदवार, तीन पालिकाको प्रमुखमा महिला अघि सरे

झापाः एमालेले झापाको १५ वटै पालिकामा स्थानीय तहको निर्वाचनका लागि प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ। उम्मेदवारमध्ये दमक, विर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा महिलालाई प्रमुखको रूपमा एमालेले अघि सारेको छ।

दमक नगरपालिकाको प्रमुखमा गीता अधिकारी र उपप्रमुखमा अम्बिका खनाल, विर्तामोडको प्रमुखमा पवित्रा महतरा र उपप्रमुखमा नगेन्द्र सङ्ग्रौला तथा बुद्धशान्तिमा अध्यक्षमा मीरा भुर्तेल र उपाध्यक्षमा धरणी पोखरेल उम्मेदवार रहेको एमालेका जिल्ला कमिटी सचिव शिव ढुङ्गेलले जानकारी दिए।

यी तीन पालिकाका प्रमुख पदका उम्मेदवारहरू यसअघि सोही पालिकामा उपप्रमुख रहिसकेका छन्।

यसैगरी भद्रपुर नगरपालिकको प्रमुखमा असारु राजवंशी, उपप्रमुखमा कौशिला अधिकारीको उम्मेदवारी रहने भएको छ। कनकाई नगरपालिकाका प्रमुखमा राजेन्द्र पोखरेल र उपप्रमुखमा मञ्जु प्रसाईँ, गौरादह नगरपालिका प्रमुखमा छत्रपति सुवेदी, उपप्रमुखमा जलवर्षा राजवंशी, शिवसताक्षी नगरपालिका प्रमुखमा रोशन थ्रोपा, उपप्रमुखमा नरमाया कार्की, अर्जुनधारा नगरपालिका प्रमुखमा बलदेव गम्देन, उपप्रमुखमा खड्गमाया पराजुली र मेचीनगर नगरपालिका प्रमुखमा गोपाल बुढाथोकी र उपप्रमुख मीना उप्रेतीलाई उम्मेदवार  बनाइने भएको छ। 

यस्तै हल्दिबारी गाउँपालिकाको अध्यक्षमा डम्बर डिरी, उपाध्यक्षमा शान्ता गौतम, कचनकवल गाउँपालिकामा नेपाली कांग्रेससँगको गठबन्धमा उपाध्यक्षमा नवराज भट्टराई, कमल गाउँपालिकाको अध्यक्षमा भीम राई उपाध्यक्षमा उषा भण्डारी, गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा विजय अग्रवाल उपाध्यक्षमा पुनम न्यौपाने, झापा गाउँपालिकाको अध्यक्षमा गौरीशङ्कर राजवंशी, उपाध्यक्षमा देवीमाया निरौला र बाह्रदशी गाउँपालिकाको अध्यक्षमा देवेन्द्र चौलागाईँ, उपाध्यक्षमा शान्ता न्यौपानेलाई उम्मेदवार बनाइने भएको छ।

अधिकांश पालिकाका उम्मेदवारले आजै निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ।

वैशाख ११, २०७९ आइतबार १०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।