नेटफ्लिक्सले भन्यो- रुस-युक्रेन युद्धले प्रयोगकर्ता घटे, एलन मस्कले भने- 'वोक माइण्ड भाइरस' हो कारण

एजेन्सीः संसारको सबैभन्दा ठूलो ओटीटी प्ल्याटफर्म नेटफ्लिक्स यतिबेला संकटमा छ। पछिल्लो तीन महिनामा नेटफ्लिक्सले दुई लाख प्रयोगकर्ता गुमाएको छ।
कम्पनीले रुस-युक्रेन युद्धका कारण त्यहाँ आफ्नो सेवा बन्द गरेको थियो। यही कारण प्रयोगकर्ता घटेको जानकारी दिएको छ।
तर संसारकै धनी टेस्लाका सीईओ एलन मस्कले भने यसबारे छुट्टै धारणा राखेका छन्। उनले नेटफ्लिक्सको प्रयोगकर्ता घट्नुमा 'वोक माइण्ड भाइरस' कारण रहेको बताएका छन्।
के हो वोक माइण्ड भाइरस?
वोक माइण्ड भाइरसको शाब्दिक अर्थ हो- जागरुक दिमाग। मस्कले नेटफ्लिक्सको सन्दर्भमा यस शब्दको प्रयोग गरेका हुन्- जागरुक दिमाग भएका व्यक्ति जो खराब कन्टेन्ट हेर्दैनन्।
मस्को भनाइ अनुसार नेटफ्लिक्समा खराब कन्टेन्ट बढेका कारण यसको व्यापार घटेको हो।
हुन पनि १० वर्षयता यति ठूलो सङ्ख्यामा नेटफ्लिक्सको प्रयोगकर्ता घटेको थिएन। अघिल्लो साल १.७ बिलियन डलर नाफा कमाएको नेटफ्लिक्सले यस वर्ष १.६ बिलियन डलर मात्र नाफा कमायो।
वैशाख ११, २०७९ आइतबार ०९:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।