मेस्सीको गोलको मद्दतले पीएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि

मेस्सीको गोलको मद्दतले पीएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि

काठमाडौंः पीएसजीले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ। गए राति सम्पन्न लेन्सविरुद्धको खेलमा १-१ गोलको बराबरी खेल्दै पीएसजीले उपाधि जितेको हो।

पीएसजीको जितमा लियोनल मेस्सीको एक गोल काफी रह्यो। खेलको ६८औं मिनेटमा मेस्सीले गरेको गोलको जवाफमा ८८औं मिनेटमा कोरेन्टिन जिनले गोल गरेर खेललाई १–१ को स्थितिमा ल्याए पनि पीएसजीलाई उपाधि जित्न १ अंक मात्र पर्याप्त थियो। त्यो पनि ४ खेल अगावै।

यो जितसँगै पीएसजीले १०औं पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो। पीएसजीले सर्वाधिक फ्रेन्च लिग वान जित्ने सेन्ट इटिएनसँगको कीर्तिमानलाई समेत बराबरी गरेको छ।

वैशाख ११, २०७९ आइतबार ०९:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।