काँडाघारीमा बिहानै मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु

काँडाघारीमा बिहानै मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु

काठमाडौंः आज बिहानै काँडाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका- ६ का अन्दाजी ३२ वर्षीय कमल आले मगर र अन्दाजी २२ वर्षीय गोपाल आले मगर रहेका छन्।

दुवैको उपचारको क्रममा महाङ्कालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा बिहान सवा ६ बजे मृत्यु भएको हो। आलेद्वय सवार बा५०प ९९३६ नम्बरको मोटरसाइकल आज बिहान साढे ५ बजे अनियन्त्रित भई काँडाघारी, सोल्टीमोडस्थित बिजुलीको पोलमा ठक्कर खाएको प्रहरी प्रभाग काँडाघारीले जानकारी दिएको छ।

वैशाख ११, २०७९ आइतबार ०९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।