बायर्नले जित्यो बुण्डेसलिगाको उपाधि, सन् २०१३ देखि लगातार च्याम्पियन

बायर्नले जित्यो बुण्डेसलिगाको उपाधि, सन् २०१३ देखि लगातार च्याम्पियन

काठमाडौंः बायर्न म्युनिखले बुण्डेसलिगाको उपाधि जितेको छ। गए राति भएको खेलमा बोरुसिया डर्टमण्डलाई ३-१ गोलअन्तरले हराउँदै बायर्नले उपाधि जितेको हो।

योसँगै बायर्नले लगातार १०औं सिजन उपाधि जितेको छ। बायर्न सन् २०१३ को सिजनयता उपाधि उचाल्दै आएको छ। समग्रमा बायर्नले हालसम्म ३२ पटक बुण्डेसलिगाको उपाधि जितेको छ।

घरेलु मैदानमा बायर्नले बोरुसियालाई पराजित गरेपछि तीन खेल बाँकी छँदै बायर्न च्याम्पियन बनेको हो। बायर्नको जितमा खेलको १५औं मिनेटमा सर्ज जिनाब्री, ३४औं मिनेटमा रोबर्ट लेवान्डोस्की र ८३औं मिनेटमा जमल मुसियालाले गोल गरेका थिए।

बोरुसियाका लागि इम्री क्यानले एक गोल फर्काए पनि जितको लागि पर्याप्त भएन।

वैशाख ११, २०७९ आइतबार ०८:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।