एमालेले टुंग्यायो महानगर र उपमहानगरमा उम्मेदवार (सूचीसहित)

एमालेले टुंग्यायो महानगर र उपमहानगरमा उम्मेदवार (सूचीसहित)

काठमाडौं : एमालेले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयर पदका उम्मेदवारको टुंगो लगाएको छ।

शनिबार साँझ बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले ५ महानगर र ९ उपमहानगरपालिकाको उम्मेदवारको टुंगो लगाएको हो। 

काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनीता डंगोललाई उठाइने भएको छ। यस्तै, वीरगन्जको मेयरमा विजय सरावगीलाई उठाइने भएको छ। वीरगञ्जमा उपमेयरको नामबारे निर्णय भएको छैन। 

काठमाडौं महानगर 
प्रमुख : केशव स्थापित
उपप्रमुख :  सुनिता डंगोल

ललितपुर महानगर 
प्रमुखः हरिकृष्ण व्यञ्जनकार
उपप्रमुख : मञ्जली शाक्य बज्राचार्य

पोखरा महानगर 
प्रमुख : दीपक पौडेल र
उप प्रमुख :   मञ्जु देवी गुरुङ

भरतपुर महानगर 
प्रमुख : विजय सुवेदी
उपप्रमुख : बाँकी

वीरगञ्ज महानगर 
प्रमुख : विजय सरावगी
उपप्रमुखः बाँकी 

इटहरी उपमहानगर : प्रमुख यमकुमार सुब्बा/उपप्रमुख संगीता चौधरी
धरान उपमहानगर :  प्रमुख  मञ्जु काफ्ले/ उपप्रमुख पदम लिम्बु
जनकपुर उपमहानगर :  बाँकी
हेटौंडा उपमहानगर :  प्रमुख अनन्त पौडेल/ उपप्रमुख सुमित्रा काफ्ले
कलैया उपमहानगर :  प्रमुख विनोद साह/ उपप्रमुख बाँकी
जितपुर सिमरा उपमहानगर :  बाँकी
बुटवल उपमहानगर :  प्रमुख बाबुराम भट्टराई/ उपप्रमुख सावित्रा देवी अर्याल
तुल्सीपुर उपमहानगर :  प्रमुख टीकाराम खड्का/उपप्रमुख स्यानी चौधरी
घोराही उपमहानगर :  प्रमुख  नरुलाल चौधरी/उपप्रमुख मनकुमारी डिसी
नेपालगन्ज उपमहानगर :  प्रमुख पशुपति दयाल मिश्र/उपप्रमुख शान्तिदेवी ढकाल
धनगढी उपमहानगर :  प्रमुख  रणबहादुर चन्द/उपप्रमुख चन्द्रकला राना थारु

 

वैशाख १०, २०७९ शनिबार २२:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।