
राप्रपाका तर्फबाट पोखराको मेयरमा गुरुङ र उपमेयरमा दवाडी

पोखरा : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पोखरा महानगरपालिकाको मेयर र उप–मेयर चयन गरेको छ। पार्टीको शनिबार बसेको बैठकले मेयरमा गोविन्द गुरुङ र उप–मेयरमा चिना दवाडीलाई सर्वसहमत रूपबाट चयन गरेको हो।
मेयरका उम्मेदवार गुरुङ पोखरा–१५ निवासी हुन । युवा नेता गुरुङ राष्ट्रिय युवा मोर्चा, कास्कीका जिल्ला अध्यक्ष समेत हुन्। त्यसै गरी उपमेयरका उम्मेदवार दवाडी पोखरा–६ निवासी हुन । उनी राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्कीकी जिल्ला अध्यक्ष हुन्।
पोखरामा सम्पन्न बैठकले उनीहरूलाई सो पदमा सर्वसम्मत चयन गरेको राप्रपा नेपाल कास्कीका जिल्ला सचिव सूर्य बाँस्तोलाले जानकारी दिए। त्यसैगरी पार्टीले पोखरा महानगर पालिकाका सबै वडाहरूमा उम्मेदवार उठाउने निर्णय समेत गरेको पनि उनले बताए ।
वैशाख १०, २०७९ शनिबार २२:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।