५३ वर्षिया महिलाको बलात्कारको आरोपमा २३ वर्षका युवा पक्राउ

५३ वर्षिया महिलाको बलात्कारको आरोपमा २३ वर्षका युवा पक्राउ

काठमाडौँ : ५३ वर्षिया महिलालाई जवर्जस्ती होटेलमा लगेर बलात्कार गरेको आरोपमा २३ वर्षका युवा पक्राउ परेका छन्। नयाँ बसपार्कको प्रहरी टोलीले दाङका २३ वर्षीय गुरुप्रसाद जिसीलाई पक्राउ गरेको हो।

वृत्तका अनुसार उनले बिहान हरियो मकै किन्न निस्किएका ५३ वर्षकी महिलालाई जबरजस्ती नयाँ बसपार्कमा रहेको निलगगन होटेलको कोठा नम्बर १०३ मा लगेर बलात्कार गरेको आरोप छ।

प्रहरीका अनुसार उनी साइप्रस जानका लागि काठमाडौँ आएका थिए। उनले रातभर मदिरा पिएर बिहान साँढे पाँच बजे डल्लुमा रहेको महिलालाई जवर्जस्ती होटेलमा ल्याएको प्रहरीले बताएको छ। उनले ६ बजे होटेलमा ल्याएर महिलाको बलात्कार गरेको आरोप छ।

महिलाले प्रहरीमा जानकारी दिएपछि उनी पक्राउ परेका छन्। प्रहरीले होटेलमा गएर मुचुल्का उठाउने लगायतका प्रक्रिया पुरा गरिसकेको छ।

वैशाख १०, २०७९ शनिबार १९:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।