आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा आज (शनिबार)थप १८ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट १८ र एन्टीजेनबाट शुन्य संक्रमित थपिएको जानकारी दिएको हो।
त्यस्तै पछिल्लो २४ घण्टामा १७ जना संक्रमण मुक्त भएका छन्। नेपालमा कोरोना निको हुने प्रतिशत ९८.८ रहेको मन्त्रालयले जनाएको छ । देशभर अहिले १०६ जना क्वारेन्टाइनमा छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ६९१ पिसिआर र १२५६ नमुना एन्टीजेन परिक्षण गरि कुल ४ हजार ९४७ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २८३ रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन। नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ।
वैशाख १०, २०७९ शनिबार १६:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।