कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजे

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। यसअघि आज बिहान ११ बजे बैठक बस्ने भने पनि विशेष कारणवश दिउँसोका लागि बैठक सारिएको हो।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसम्पादन बैठकमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी टुङ्गो लगाउने विषयमा छलफल हुनेछ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकमा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ। 

वैशाख १०, २०७९ शनिबार १३:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।