भाग लाग्यो पाल्पाको पालिका: ६ कांग्रेसलाई, दुई-दुई माओवादी र समाजवादीलाई

बुटवलः लामो समयको रस्साकस्सीपछि अन्ततः सत्ता गठबन्धनले पाल्पामा स्थानीय तह निर्वाचनको लागि पालिका बाँडफाँट गरेका छन्।
१० पालिका रहेका पाल्पामा ६ नेपाली कांग्रेस, दुई माओवादी केन्द्र र दुई एकीकृत समाजवादीले पाउनेगरी भागबण्डा मिलेको छ।
उपप्रमुखमा भने माओवादीलाई तीन पालिका दिइएको छ। समाजवादीलाई एक पालिका दिँदा कांग्रेसले उपप्रमुखमा ६ पालिका पाएको छ।
तानसेन नगरपालिकाको प्रमुख कांग्रेसले पाएको छ। उपप्रमुख माओवादीले पाएको छ। रामपुर नगरपालिकाको प्रमुख, उपप्रमुख दुवै कांग्रेसले पाएको छ। त्यसबाहेक कांग्रेसले निस्सी गाउँपालिका पाएको छ। त्यहाँ उपाध्यक्ष माओवादी केन्द्रले पाएको छ। पूर्वखोला गाउँपालिकाको अध्यक्ष माओवादीको भागमा परेको छ भने उपाध्यक्ष कांग्रेसको भागमा परेको छ।
माथागढी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष कांग्रेसले पाएको छ। बगनासकाली गाउँपालिकाको अध्यक्ष कांग्रेसले पाउँदा उपाध्यक्ष समाजवादीले पाएको छ। रिव्दिकोट गाउँपालिकाको अध्यक्ष माओवादीको भागमा पर्दा उपाध्यक्ष कांग्रेसको भागमा परेको छ। रैनीदेवी छहरा गाउँपालिकामा अध्यक्ष कांग्रेसले पाउँदा उपाध्यक्ष माओवादी केन्द्रले पाएको छ।
तिनाउ गाउँपालिकाको अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेसले पाउने सहमति भएको छ। रम्भा गाउँपालिकाको अध्यक्ष भने एकीकृत समाजवादीले पाएको छ। त्यहाँ उपाध्यक्ष कांग्रेसले पाउने गरी भागबण्डाको सहमति भएको छ।
निर्वाचन कार्यतालिका अनुसार भोलि र पर्सि दुई दिन मनोनयन दर्ता हुँदैछ।
वैशाख १०, २०७९ शनिबार १३:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।