यूएनका महासचिव युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने

एजेन्सीः संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने भएका छन्। यही अप्रिल २६ मा उनी रुस जाने र २८ मा युक्रेन जाने तय भएको बताइएको छ।
गुटेर्रेसलाई दुवै देशमा त्यहाँका राष्ट्रपतिले स्वागत गर्नेछन्। संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफेन दुजारिकका अनुसार गुटेर्रेसले रुस र युक्रेनका यूएन मिसनमा पत्र पठाइसकेका छन्। पत्रमा भ्लादिमिर पुटिनलाई सम्बोधन गर्दै मस्कोमा र भोलोदिमिर जेलेन्स्कीलाई सम्बोधन गर्दै किएभमा लिन आउन आग्रह गरिएको छ।
रुसमा रहँदा उनले पुटिन र विदेशमन्त्री सेर्गेइ लाभ्रोभलाई भेटेर युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गर्नेछन्। त्यसपछि उनी युक्रेन पुगेर त्यहाँका उच्च अधिकारीहरूसँग भेट गर्नेछन्।
वैशाख १०, २०७९ शनिबार १२:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।