विराटको कीर्तिमान बराबरी गरे जस बट्लरले, एकै सिजनमा तीन शतक

काठमाडौंः इङ्ग्ल्याण्ड क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान जस बट्लर हाल जारी आईपीएलमा राजस्थान रोयल्समा आबद्ध छन्।उनले गए रातिको आईपीएलमा शानदार शतक प्रहार गरेका छन्। योसँगै लगातार दुई खेलसहित र यस सिजनमा उनको यो तेस्रो शतक हो।
दिल्ली क्यापिटल्सविरुद्ध राजस्थानका बट्लरले ५७ बलमा आठ चौका र आठ छक्कासहित शतक बनाएका हुन्। उनी कुल ६५ बल खेल्दै ११६ रन बनाएर पभेलियन फर्के। खेल राजस्थानले जित्यो- १५ रनले।
यो शतक एकदम खास रह्यो। किनकी एकै सिजनमा हालसम्म तीन वटा शतक प्रहार गर्ने कीर्तिमान विराट कोहलीसँग मात्र थियो। अब कोहलीले आफ्नो कीर्तिमान बट्लरसँग बाँड्नुपर्नेछ।
यही सिजनमा बट्लरले मुम्बई इण्डियन्सविरुद्ध १०० रन र कोलकाता नाइट राइडर्सविरुद्ध १०३ रन बनाएका थिए।
वैशाख १०, २०७९ शनिबार ०७:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।