शनिबारको मौसम: पहाडी भूभागका केही स्थानमा वर्षा

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा भारतको बिहार तथा पश्चिम बंगाल आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव साथै स्थानीय वायुको प्रभाव रहेको कारण वर्षाको सम्भावना रहेको हो।
यतिबेला गण्डकी प्रदेश र प्रदेश नम्बर १ का पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।
वैशाख १०, २०७९ शनिबार ०७:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।