'बालबालिकाहरूले समेत आइलभयू एमाले भन्छन्'

'बालबालिकाहरूले समेत आइलभयू एमाले भन्छन्'

काठमाडौँ : एमाले अध्यक्ष केपी ओलीले सत्ताधारी गठबन्धन थोत्रा टालोहरुको पुतली भएको दाबी गरेका छन्। उनले एमाले सम्झिएर गठबन्धन दलका नेतालाई ऐँठन हुने गरेको र राती झसङ्ग-झसंग हुने गरेको दाबी गरे।

उनले एमाले भन्नासाथ ज्येष्ठ नागरिकहरूको गहभरी आँसु हुने र हात उठाएर आशीर्वाद दिने गरेको उल्लेख गर्दै एमालेमा युवाकहरुको प्रवेशको लहर सुरु भएको दाबी गरे। ओलीले बालबालिकालाई राजनीतिमा प्रयोग गर्न हुँदैन भन्दै भने' तर बालबालिकाले आइलभयू एमाले भन्छन्। बालबालिकामा एमालेको छुट्टै आकर्शण छ।'

उनले पार्टीमा दिनकै प्रवेशको लहर चलिरहेको बताउँदै उनले पार्टीको महाधिवेशनको बेलामा आठ लाख सदस्य भएकोमा अहिले त्यो सङ्ख्या १५ लाख सदस्य पुगिसकेको दाबी गरे।

उनले विश्वमा अमेरिकी स्ट्यान्डर्ड भएझैँ नेपालमा साङ्गठनिक र वैचारिक रूपमा एमाले स्ट्यान्डर्ड कायम भएको दाबी समेत गरे।

सम्बोधन गर्दागर्दै उनले आफ्नै नारा भने बिर्सिए। कार्यक्रममा उनलाई नारा सम्झाएपछि एँ भन्दै भने' सात सूर्य सात छाप नेकपा एमाले जिन्दाबाद।'

वैशाख ९, २०७९ शुक्रबार १६:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।