दक्षिण एसियाकै सबैभन्दा ठूलो विद्युतीय गाडीहरूको फ्लीट सञ्चालन गर्दै साइमेक्स

काठमाडौः साइमेक्स इन्कले सेल्फ ड्राइभ नेपालसँग ५० वटा इमिसन फ्री, रेन्टल फ्लीट बीवाइडी ई६ इलेक्ट्रिक एसयूभी सञ्चालनको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। यो दक्षिण एसियामा नै सबैभन्दा ठूलो एकल विद्युतीय गाडीहरूको फ्लीट रहेको कम्पनीको दावी छ।
नेपालको लागि बीवाइडी अटो इण्डष्ट्रिजको आधिकारिक वितरक साइमेक्सले गत अप्रिल २० मा एक समारोहका बीच सेल्फ ड्राइभसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको हो।
इलेक्ट्रिक बीवाइडी ई६ गाडीहरू आरामदायी र यसको ब्याट्री भरपर्दो हुने कम्पनीको दावी छ।
यी गाडीहरूमा विश्वभर एक सय मिलियन ट्याक्सी र १४ मिलियन माइल प्यासेन्जर बसहरूमा प्रयोग भएको यूएल सर्टिफाइड आयरन फोस्फेट ब्याट्री प्रयोग भएको छ।
यस्तै काठमाडौंको गुह्येश्वरीमा अङ्ग्रेजी मे महिनाको २२ देखि सर्भिस सेन्टर समेत सञ्चालनमा आउने भएको छ।
सर्भिस सेन्टरमा ४० किलोवाटको एसी क्षमताको फास्ट चार्जर पनि राखिने कम्पनीले जनाएको छ।
वैशाख ९, २०७९ शुक्रबार १४:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।