कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा एमालेले गर्याे १७ जनालाई सम्मान 

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा एमालेले गर्याे १७ जनालाई सम्मान 

काठमाडौँ : कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसका अवसरमा एमालेले १७ जना योद्धालाई सम्मान गरेको छ। आज (शुक्रबार) च्यासलमा आयोजित एक कार्यक्रममा कम्युनिस्ट आन्दोलनलाई उचाईमा पुर्याउन योगदान गरेका व्यक्तिहरूलाई सम्मान गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। 

उनीहरूलाई प्रमाणपत्र र पुष्पगुच्छा सहित अध्यक्ष केपी शर्मा ओलीले सम्मान गरेका हुन्।

सम्मानित हुनेमा टेकनाथ बराल, नेत्रप्रसाद ढुंगाना, तुल्सीराम मिश्र, नानीमैया नकर्मी, कुमार गुरुङ, चतुर ब्यञ्जनकार, वसन्त गौचन, हरिप्रसाद काफ्ले, रामकृष्ण दुवाल (गायक), छत्र बोहोरा, माधव प्रसाद अधिकार, चुमकला बजाडे, लक्ष्मीराज जोशी, अमर कार्की, विष्णु डंगोल, कुमारी देवी महरा चमार र भीम बहादुर खतिवडा रहेका छन्। 
 

वैशाख ९, २०७९ शुक्रबार १४:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।