दुई दर्जन युक्रेनी सेना बेलायतमा तालिम गर्दै, १२० वटा सशस्त्र गाडी पनि प्रदान गरिने

दुई दर्जन युक्रेनी सेना बेलायतमा तालिम गर्दै, १२० वटा सशस्त्र गाडी पनि प्रदान गरिने

एजेन्सीः रुससँग युद्धरत युक्रेनको दुई दर्जन सेना यतिबेला बेलायतमा तालिम गरिरहेका छन्। बेलायतका प्रधानमन्त्री बोरिस जनसनले आफ्नो भारत भ्रमणमा साथै रहेका पत्रकारलाई यस्तो खुलासा गरेका हुन्।

यस्तै उनले पोल्याण्डमा पनि युक्रेनी सेनालाई तालिम दिइरहेको बताएका छन्। 'म भन्नसक्छु कि यतिबेला पोल्याण्डमा युक्रेनीहरूलाई एन्टी एयरक्राफ्ट डिफेन्स प्रयोग गर्न सिकाइरहेका छौँ। र बेलायतमा हतियारसहितको सवारी साधन प्रयोग गर्न सिकाइरहेका छौँ', उनले भने।

जनसनको प्रेस सचिवले दुई दर्जन सेनाले बेलायतमा तालिम लिइरहेको बताएका छन्।

यस्तै जनसनका प्रवक्ताले बेलायतले प्रदान गरेको सवारी साधनमा युक्रेनी सेनाले तालिम सुरु गरेको बताएका छन्।

बेलायतले युक्रेनलाई १२० वटा सशस्त्र गाडीहरू उपलब्ध गराउँदैछ। यी गाडीहरू गस्तीका लागि प्रयोग गर्न सकिन्छ। यस्तै ती प्रवक्ताका अनुसार बेलायत र यसका मित्र राष्ट्रहरूले युक्रेनी सेनालाई नयाँ उपकरणहरू प्रदान गर्दैछन्, जुन उनीहरूले यसअघि प्रयोगै गरेका थिएनन्।

वैशाख ९, २०७९ शुक्रबार १२:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।