उपकार लघुवित्तको आईपीओ बाँडफाँट, दुई हजार ४०६ जनाको आवेदन रद्द

काठमाडौंः उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँट गरिएको हो।
कम्पनीले दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता आईपीओ बिक्री खुला गरेको थियो।
साधारण शेयरमा २३ लाख ५१ हजार ४२६ जनाले आवेदन दिएका थिए। त्यसमध्ये दुई हजार ४०६ जनाको आवेदन रद्द भएको छ। बाँकी २२ हजार ११५ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको हो। बाँडफाँटमा १० कित्ताभन्दा धेरै आवेदन दिने ६ जनालाई थप एक-एक कित्ताका दरले ६ कित्ता शेयर बाँडिएको छ।
बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट (मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ।
वैशाख ९, २०७९ शुक्रबार १२:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।