सिद्धार्थनगरको मेयरमा कांग्रेसले टिकट नदिएपछि जसपा प्रवेश गरे यादव

बुटवलः नेपाली कांग्रेस पार्टी परित्याग गरेका मातृकाप्रसाद यादव जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन्। शुक्रबार भैरहवामा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादवले उनलाई पार्टी प्रवेश गराएका हुन्।
सिद्दार्थनगर नगरपालिकामा मेयरका आकांक्षी रहेका उनले टिकट नपाएपछि कांग्रेस परित्याग गरेका थिए।
यादव जसपा प्रवेश गरेपछि उनी अब जसपाबाट नगरप्रमुख पदको उम्मेदवार हुने जनसपाका नेता किस्मत विश्वकर्माले जानकारी दिए।
वैशाख ९, २०७९ शुक्रबार ११:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।