पेप्सीकोलामा रोकिराखेको जीपमा मोटरसाइकल ठोकिँदा कोटेश्वर बस्ने धर्मेन्द्रको मृत्यु

पेप्सीकोलामा रोकिराखेको जीपमा मोटरसाइकल ठोकिँदा कोटेश्वर बस्ने धर्मेन्द्रको मृत्यु

काठमाडौंः पेप्सीकोलामा गए राति रोकिराखेको जीपमा मोटरसाइकल ठोकिँदा मोटरसाइक चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा  कालिकोट घर भई कोटेश्वर बस्ने २० वर्षीय धर्मेन्द्र बम रहेका छन्।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकलमा पछाडि सवार कैलालीका १८ वर्षीय जगदिश शाहीको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ।

जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा३९प ५१८० नम्बरको मोटरसाइकल, गए राति पौने १० बजे सडक छेउमा रोकिराखेको बा२१च ८८९५ नम्बरको जीपमा ठोकिएर अनियन्त्रित भई बिजुलीको पोलमा समेत ठोकिएको हो।

जीप चालकलाई प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ।

वैशाख ९, २०७९ शुक्रबार १०:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।