जिम्बाबेको 'ए स्क्वाड'सँग नेपाली क्रिकेट टोली भिड्ने, २३ सदस्यीय टीम घोषणा

जिम्बाबेको 'ए स्क्वाड'सँग नेपाली क्रिकेट टोली भिड्ने, २३ सदस्यीय टीम घोषणा
फाइल तस्बिर । तस्बिर स्रोत: क्यान

काठमाडौंः जिम्बाबेको 'ए स्क्वाड'सँग नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय र टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध खेल्ने २३ सदस्यीय नेपाली टिमको घोषणा समेत गरेको छ।

अप्रिल ३० बाट मे ९ सम्म चल्ने द्विदेशीय प्रतियोगिता त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।

नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्। अरू सदस्यमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल, बिक्रम सोब, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, र सुनिल धमला रहेका छन्। 

यीमध्येबाटै प्लेइङ ११ छनोट गरिनेछ। यता जिम्बाबेको टोलीमा ८ राष्ट्रिय टीमको सदस्य समेत हुनेछन्।

नेपाल र जिम्बाबेबीच तीन वटा एकदिवसीय र तीन वटै टी-ट्वेन्टी खेल हुनेछ।

वैशाख ९, २०७९ शुक्रबार १०:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।