लैनचौरको एनसेल पार्क : कृत्रिम मैदान र हरियाली क्षेत्र, चिटिक्क छ मैदान

काठमाडौँ : लैनचौरको धुलाम्मे खालीस्थानमा एनसेलले पार्क बनाइदिएपछि सो क्षेत्रको शुन्दरता थपिएको छ। स्थानीयका लागि समय कटाउने र ब्यायाम गर्ने थलो बनेको छ।
एनसेलले सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत ५४ हजार ९२१ वर्ग फिट क्षेत्रमा सेभेन ‘ए’ साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिकाको खेल्ने क्षेत्र, ५० वटा रूख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्ती राखेर बनाएको सो स्थान २६ नम्बर वडालाई हस्तान्तरण गरिसकेको छ।
सेभेन ‘ए’ साइजको मिनी फुटबल मैदान बनाउँदा उसले प्राकृतिक खेल मैदानको साटो कृत्रिम मैदान बनाउँदा उसको आलोचना भएको थियो। वडा र स्थानीय समुदायको सहकार्यमा मैदानको डिजाइन गरेर पुन:निर्माण र स्तरोन्नति गरिएको उसको दाबी गर्दै आएको छ।
५४ हजार ९२१ वर्ग फिट क्षेत्रमा जम्मा ५० वटा मात्रै बिरुवा रोपेको छ। उकेराकर्मी सो क्षेत्रमा गएर अवलोकन गर्दा हरियाली क्षेत्र बढाउनुपर्ने देखियो।
अहिले हुर्किएकै बिरुवाहरू रोप्न सकिने भए पनि निकै साना बिरुवाहरू रोपिएको देखियो। ५४ हजार ९२१ वर्ग फिटमा थप बिरुवाहरू रोप्न सक्ने स्थान प्रशस्त देखियो। सो क्षेत्रको निर्माण र मर्मत सम्भारका लागि २ वर्षको जिम्मेवारी समेत एनसेलले नै लिएको छ। फुटबल मैदानमा ओच्छ्याएको कृत्रिम म्याट उप्किन थालेको देखियो। खेल मैदान र चौर क्षेत्र भने सफा देखिन्थ्यो।
वैशाख ८, २०७९ बिहीबार १९:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।