शेयर बजारमा छैन सुधारको सङ्केत, सुधार ४.९४ अङ्क, कारोबार एक अर्ब ६२ करोड

शेयर बजारमा छैन सुधारको सङ्केत, सुधार ४.९४ अङ्क, कारोबार एक अर्ब ६२ करोड

काठमाडौँ : बिहीबार शेयर बजार बन्द हुँदा परिसूचक सामान्य अङ्कले सुधारियो।  यो साता बजार उच्च अङ्कले घटेको थियो। बिहीबार ४.९४ अङ्कले परिसूचक बढे पनि लगानीकर्ताले राहत पाएनन्।

बिहीबार बजार २३२५.४५ विन्दुमा पुगे पनि अझै सकारात्मक बाटो लिन सकेको छैन। बिहीबार २ सय ३१ कम्पनीको ३६ हजार १ सय ९० वटा कारोबार भएको थियो। ३९ लाख ९१ हजार ५१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम जम्मा १ अर्ब ६२ करोड ९१ लाख पुग्यो।

बिहीबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र ग्रिन भेन्चरका लगानीकर्ता फाइदामा भए। जाल्पाको शेयर मूल्य १० प्रतिशतले बढ्दा प्रतिकित्ता ७०९.७० रुपैयाँ पुग्यो भने ग्रिन भेञ्चरको १० प्रतिशतले नै बढेर प्रतिकित्ता ३६०.८० रुपैयाँ पुग्यो।

नेप्से परिसूचक बढाउन समिट लघुवित्त, गणपति लघुवित्त, जनउत्थान लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, न्यादी हाइड्रोपावर, पञ्चकन्या माइ, साधना लघुवित्त, किसान लघुवित्त र आरएमडीसी लघुवित्तको शेयर मूल्यले साथ दियो।

समिट लघुवित्तको ७.५९, गणपति लघुवित्तको ६.४८, जनउत्थान लघुवित्तको ६.०६, युनियन लाइफ इन्स्योरेन्सको ४.०४, न्यादी हाइड्रोपावरको ४, पञ्चकन्या माइको, साधना लघुवित्त, किसान लघुवित्त र आरएमडीसी लघुवित्तको शेयर मूल्य साढे ३ प्रतिशतले बढेको थियो।

घम्मेदी हाइड्रोको मूल्य ६ प्रतिशतले घट्यो। नेष्डो समृद्ध लघुवित्तको सर्वाधिक १० करोड रुपैयाँ बढीको शेयर किनबेच भयो। नबिल बैङ्कको ५ करोड र सूर्य लाइफ इन्स्योरेन्स साढे ४ करोड बराबरको कारोबार भएर बजार बन्द भयो।

वैशाख ८, २०७९ बिहीबार १८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।