मेयर उठ्न सांसद पदबाट राजीनामा

मेयर उठ्न सांसद पदबाट राजीनामा

मकवानपुर : चितवनको भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार हुन विजय सुवेदीले सांसद पदबाट राजीनामा दिएका छन्। उनी बागमती प्रदेशबाट प्रदेश सांसद थिए।

एमालेले उनलाई भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारमा सर्वसम्मत चयन गरेको थियो। मेयर उम्मेदवारमा सर्वसम्मत चयन भएपछि उनले बिहीबार प्रदेश सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा पत्र बुझाएका हुन्।

एमालेले भरतपुरमा सुवेदीको नाम चयन गरेको छ। सत्ता गठबन्धन दलको तर्फबाट भरतपुर महानगरको प्रमुख माओवादी केन्द्रले पाएको छ। केन्द्रले उम्मेदवार चयन नगरे पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल दोहोरिने लगभग पक्का छ।

कांग्रेसमा तीव्र विरोध रहे पनि केन्द्रले जवर्जस्ती भरतपुर महानगर माओवादीलाई दिएको हो। त्यसको फाइदा सुवेदीले उठाउन सक्छन्।

वैशाख ८, २०७९ बिहीबार १८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।