ललितपुरको अक्सिजन प्लान्टमा भएको विष्फोटमा थप एकको मृत्यु

ललितपुर : ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा भएको विष्फोटमा घाइते भएका थप एक जनाको मृत्यु भएको छ। घाइते मध्य भारतका २५ वर्षीय राजकुमार महतोको उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ।
अक्सिजन भर्ने क्रममा आज बिहान १० बजे प्लान्टमा एक्कासि विस्फोट भएको थियो। उक्त विष्फोटमा ४५ वर्षीय बृज महतोको घटनास्थलमै मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए।
वैशाख ८, २०७९ बिहीबार १६:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।