अक्सिजन प्लान्ट विस्फोट: घटनाको छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाँणले पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको घटनाबारे छानबिन गर्न निर्देशन दिएका छन्। आज बिहान करिब १० बजेको समयमा अक्सिजन प्लान्टमा विस्फोट भएको थियो।
गृहमन्त्री खाँणले घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन गर्न गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनाेद पाेखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई निर्देशन दिएका हुन्।
हालसम्म घटनामा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।घाइतेहरूको उपचार बीएण्डबी अस्पताल र पाटन अस्पतालमा भइरहेको छ।
प्रहरीका अनुसार अक्सिजन भर्ने क्रममा सिलिण्डर विस्फोट भएको हो।
वैशाख ८, २०७९ बिहीबार १२:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।