औद्योगिक क्षेत्रभित्रको अक्सिजन प्लान्टमा विस्फोट: एक जनाको मृत्यु, ७ घाइते

औद्योगिक क्षेत्रभित्रको अक्सिजन प्लान्टमा विस्फोट: एक जनाको मृत्यु, ७ घाइते

काठमाडौंः पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट भएको छ। विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

घाइतेमध्ये पनि एक जनाको अवस्था गम्भीर रहेको छ। मृतकको पनि हालसम्म सनाखत हुन सकेको छैन।

प्रहरीका अनुसार अक्सिजन भर्ने क्रममा आज बिहान १० बजे प्लान्टमा एक्कासि विस्फोट भएको हो। सुरुमा एउटा सिलिण्डर विस्फोट भए पनि तत्काल नजिक रहेका अन्य सिलिण्डर पनि विस्फोट भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। 

घाइतेहरूको उपचार बीएण्डबी अस्पताल र पाटन अस्पतालमा भइरहेको छ।

 

वैशाख ८, २०७९ बिहीबार १२:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।