अब केही दोधार छैन होला, वैशाख ३० मै स्थानीय तहको निर्वाचन हुन्छ: प्रचण्ड

धनगढीः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्धारित मिति वैशाख ३० मै स्थानीय तहको निर्वाचन हुने बताएका छन्।प्रेस सेन्टर कैलालीले आज धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।
देशभरिका सबै महानगर र उपमहानगरमा प्रमुख उपप्रमुखको टुङ्गो लगाइसकेको बताउँदै उनले भने, “अब केही दोधार छैन होला, वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्छ।”
उनले निर्वाचनलाई अभियानका रूपमा लिई लोकतन्त्रलाई सुदृढ गर्ने अवसरको जनताले राम्रोसँग सदुपयोग गर्नुपर्ने पनि बताए।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने र व्यापक जनसहभागिता सुनिच्छित गर्ने उल्लेख गर्दै उनले लोकतन्त्रको अभ्यासलाई नयाँ स्तरमा उठाउने आवश्यकता रहेको बताए।
वैशाख ८, २०७९ बिहीबार ११:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।