तीन थान अवैध सालको गोलियासहित एक जना पक्राउ

तीन थान अवैध सालको गोलियासहित एक जना पक्राउ

सुर्खेतः जिल्लाको बराहताल गाउँपालिका–५ बड्डिचौरबाट प्रहरीले अवैध काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ। बड्डीचौर- वावियाचौर सडकखण्डको गिमिनेबाट टिपरमा ल्याउँदै गरेको सालको काठसहित प्रहरीले चालक ३१ वर्षीय वसन्त रानालाई नियन्त्तणमा लिएको हो।

अस्थायी प्रहरी पोष्ट बड्डीचौर र सव-डिभिजन वन कार्यालयको टोलीले भे१क १९२५ नम्बरको टिपरमा लोड गरी वीरेन्द्रनगर ल्याउँदै गरेको काठ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। तीन थान गोलिया सालको काठ बरामद भएको हो।

बरामद काठको नापजाँचका लागि डिभिजन वन कार्यालय बाबियाचौर पठाइएको छ। तुलसीपुर घर भएका रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वैशाख ८, २०७९ बिहीबार १०:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।