शमशेर दल गणभित्र गोली चल्दा घाइते भएकी सिपाही कोपिला राजवंशीको मृत्यु

बुटवलः कपिलवस्तुको बुद्धभुमी नगरपालिका गोरुसिङ्गेमा रहेको शमशेर दल गणभित्र गोली चल्दा गम्भीर घाइते भएकी सिपाही कोपिला राजवंशीको मृत्यु भएको छ। भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान ३ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।
बुधबार साँझ ७ बजे गोली लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको थियो। तर त्यहाँ उपचार हुन नसकेपछि भैरहवास्थित मेडिकल कलेज लगिएको थियो।
हालसम्म गोली कसले चलायो भन्ने पुष्टि नभए पनि उनी आफैँले आफैँमाथि गोली चलाएको बताइएको छ। उनको छातीबाट छिरेको गोली पिठ्युँबाट निस्केको स्रोतले जानकारी दिएको छ।
वैशाख ८, २०७९ बिहीबार ०९:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।