भारतीय लरीमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु

रुपन्देहीः जिल्लाको सियारी गाउँपालिका- २ कुट्टामा हिजो साँझ मोटरसाइकल भारतीय लरीमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २५ वर्षीय रामनिवास बेलदार र पछाडि सवार ५० वर्षीय रामायण पासी रहेका छन्।
गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको हो। बेथरी-बेलबास सडकखण्डमा लु७४प ४४७९ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे भारतीय नम्बरको लरीमा ठोकिएको हो।
लरी चालक भने फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय बेथरीले जनाएको छ।
वैशाख ८, २०७९ बिहीबार ०८:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।