नेपालको मौसममा उत्तर प्रदेश, बिहार र पश्चिम बंगालको प्रभाव: केही स्थानमा वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा बनेको न्यून चापीय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको कारण वर्षाको सम्भावना रहेको हो।
यतिबेला सुदूरपश्चिम, लुम्बिनी प्रदेश तथा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ।
आज दिउँसो देशका पहाडी भूभागका केही स्थान र बाँकी भू-भागका एक-दुई स्थानहरूमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
आज राति गण्डकी प्रदेश, बागमती तथा प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
वैशाख ८, २०७९ बिहीबार ०७:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।