सेनाको शमशेर दल गणभित्र गोली चल्यो, एक महिला सिपाही गम्भीर

बुटवल : कपिलवस्तुको बुद्धभुमी नगरपालिका गोरुसिङ्गेमा रहेको शमशेर दल गणभित्र गोली चल्दा एक महिला सिपाही गम्भीर घाइते भएकी छिन्। गोली लागेर कोपिला राजवंशी नाम गरेकी सिपाही घाइते भएको स्रोतले बताएको छ। घटना बुधवार साँझ ७ बजे भएको हो।
घाइते राजवंशीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि ल्याइए पनि उनलाई भैरहवा रिफर गरिएको छ। राजवंशी आफैले गोली चलाएको दाबी गरिए पनि घटना पुष्टि हुने विवरण सार्वजनिक भएको छैन। घाइतेको छातीबाट छिरेको गोली पिठ्युँबाट निस्केको श्रोतले जानकारी दिएको छ।
वैशाख ७, २०७९ बुधबार २२:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।